नेपाली बैंकिङ क्षेत्रबाट प्रवाह भएको कूल कर्जाको ६६ प्रतिशत धितो घरजग्गा, चालु सम्पत्तिमा १२ प्रतिशत ऋण, अन्यको अवस्था कस्तो ?

३ श्रावण २०७९, मंगलवार १३:२८

काठमाडौं। काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार नेपाली बैंकिङ क्षेत्रबाट प्रवाह भएको कूल कर्जाको ६६ प्रतिशत धितो घरजग्गा राखिएको पाइएको छ । बैंकहरुबाट प्रवाह भएको ऋणको जोखिम कम रहेको घरजग्गा धितो रहेको कुराबाट पुष्टि हुन्छ । सरकारले उत्पादकत्य बढाउन चालु सम्पत्तिमा ऋण दिन प्रोत्साहन गर्ने भनिए पनि जम्मा १२ प्रतिशत ऋण मात्रै त्यसरी प्रवाह भएको पाइएको छ ।*

आर्थिक बर्ष  २०७९ जेठ मसान्तमा बैंक तथा वित्तिय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव आठ प्रतिशत कर्जा घरजगाको धितोमा र १२ दशमलव तीन प्रतिशत कर्जा चालु सम्पती (कृषि तथा गैर कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

आर्थिक बर्ष  २०७८ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुुपात र १३ प्रतिशत रहेको थियो । लगानीले प्रतिफल नदिएको भन्दै उत्पादनमुुलक क्षेत्रमा लगानी गनुपर्ने आवाज उठे पनि बैंकहरुले त्यसलाई वास्ता गरेको देखिएको छैन ।

देशमा उत्पादन वृद्धि भएमा त्यसले आन्तरिक रुपमा सबल बनाउने र कतिपय उत्पादन विदेश निर्यात गर्न सकिने थियो । तर, उत्पादनमुुलक क्षेत्रमा कर्जा प्रवाह नबढ्दा देशमा आयात मात्र बढेको छ ।

नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्ममा बैंक तथा वित्तिय संस्थाहरुमा रहेको निक्षेप पाँच दशमलव सात प्रतिशतले बढेको हो ।अघिल्लो वर्षको सोहि अवधिमा यस्तो निक्षप १५ दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक विन्दुुगत आधारमा २०७९ जेठ मसान्तमा बैंक तथा वित्तिय संस्थाहरुमा रहेको निक्षप ११ दशमलव तीन प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ जेठ मसान्तमा बैंक तथा वित्तिय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुुद्दतीको अंश क्रमश आठ दशमलव आठ प्रतिशत, २७ दशमलव एक प्रतिशत र ५७ दशमलव एक प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोहि अवधिमा यस्तो अंश क्रमश आठ दशमलव छ प्रतिशत, ३४ दशमलव तीन प्रतिशत र ४८ दशमलव पाँच प्रतिशत रहेको थियो । २०७९ जेठ मसान्तमा बैंक तथा वित्तिय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८ दशमलव ५७ प्रतिशत रहेको छ । २०७८ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४१ दशमलव २२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो ११ महिनामा बैंक तथा वित्तिय संस्थाहरुबाट निजी क्षेत्रमा प्रभावित कर्जा १३ दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २४ दशमलव नौ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुुगत आधारमा २०७९ जेठ मसान्तमा बैंक तथा वित्तिय संस्थााहरुबट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ दशमलन सात प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा प्रवाह १३ दशमलव एक प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४ दशमलव सात प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह २९ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो ११ महिनामा बैंक तथा वित्तिय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २० दशमलव एक प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा नौ दशमलव छ प्रतिशतले यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२ दशमलव छ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४ दशमलव छ प्रतिशतले सेवा र उद्योग क्षेत्रतर्फको कर्जा पाँच प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तिय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २२ दशमलव सात प्रतिशतलले ओभरड्राफ्ट कर्जा १२ दशमलव छ प्रतिशतले, डिमान्ड तथा अन्य चालू पुुँजी कर्जा १७ दशमलव नौ प्रतिशतले, रियल स्टेट कर्जा ( व्यक्तिगत आवासीय घर कर्जासमेत) १६ दशमलव पाँच प्रतिशतले र हायर पर्चेच कर्जा दुई दशमलव पाँच प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा ट्रष्ट रिसिट अर्थात आयात कर्जा ५३ दशमलव आठ प्रतिशतले र मार्जिन प्रकृति कर्जा १७ दशमलव छ प्रतिशतले घटेको छ ।

*सम्पादन गरिएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*