सगरमाथा इन्स्योरेन्सद्धारा वार्षिकोत्वसको अवसरमा रक्तदान कार्यक्रम

३ श्रावण २०७९, मंगलवार १२:५२

काठमाडौं । सगरमाथा इन्स्योरेन्स लिमिटेड २६ वर्ष पुरा गरी २७औं वर्षमा प्रवेश गरेको छ ।

निर्जिबन बीमा क्षेत्रमा सर्वाधिक ब्यवसाय गर्ने कम्पनीको रुपमा परिचित सगरमाथा इन्स्योरेन्सले आफ्नो स्थापनाको २६औं वर्ष पुरा गरि २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीको प्रधान कार्यालय, नक्सालमा रक्तदान कार्यक्रम संचालन गरेको छ ।

उक्त कार्यक्रममा ३९ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । सोहि अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्रीले रक्तदान गर्नेे सबैलाई धन्यवाद ज्ञापन गरे ।

सगरमाथा इन्स्योरेन्सले देशका सातै वटा प्रदेशका ८६ वटा शाखा कार्यालयका ४ सय ३७ कर्मचारी मार्फत निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*