हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा ध्रुव प्रसाद न्यौपाने नियुक्त
३ श्रावण २०७९, मंगलवार १०:३६
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा ध्रुव प्रसाद न्यौपाने नियुक्त भएका छन् ।
साविक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिई बनेको उक्त कम्पनीको संचालक समितिको साउन १ गते बसेको बैठकले साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा नायब महाप्रबन्धक न्यौपानेलाई नियुक्त गरेको हो ।
कम्पनीले उनलाई साउन १ गतेदेखि नै लागू हुनेगरी कम्पनी सचिवमा चयन गरेको हो ।