गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण

२ श्रावण २०७९, सोमबार १०:४०

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७६।०७७ को नयाँ बोनसदर घोषणा गरेको हो ।

गुराँस लाइफले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार कम्पनीले अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको बोनसदरअुनसार बीमितहरुले प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर पाउने भएका छन् । गुराँस लाइफले विभिन्न ६ बीमा योजनाका विभिन्न अवधिका बीमितहरुलाई सो मात्राको बोनसदर वितरण गर्ने भएको हो ।

 

गुराँस लाइफले सावधिक जीवनलेख अन्तर्गतका बीमितहरुलाई न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ६८ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १४ वर्षसम्मका लागि ३३ रपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ देखि सो भन्दा माथिका लागि ६८ रुपैयाँसम्म बोनसदर उपलब्ध गराउने भएको छ ।

त्यस्तै, बालबालिकाको सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ३३ रुपैयाँदेखि अधिकतम ६८ रुपैयाँसम्म बोनसदर उपलब्ध गराउने भएको हो । जसमा १४ वर्षसम्मका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ देखि माथिका लागि ६८ रुपैयाँ बोनसदर उपलब्ध गराउने भएको छ ।

त्यस्तै, इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत न्यूनतम ३२ रुपैयाँदेखि अधिकतछम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५० रुपैयाँ, २५ वा सो भन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर उपलब्ध गराउने भएको छ ।

त्यस्तै, अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत गुराँस लाइफले न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ३४३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ भने वार्षिक नगद फिर्ता अन्तर्गत बीमितहरुले न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ३८ रुपैयाँसम्म बोनसदर प्राप्त गर्ने भएका छन् ।

त्यस्तै, गुराँस सुरक्षित भविष्य जीवन बीमा (सावधिक तथा आजिवन बीमालेख) अन्तर्गत न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३७ रुपैयाँसम्म गुराँस लाइफले बोनसदर निर्धारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*