कृषि बीमालाई अभियानको रूपमा संचालन गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन

१ श्रावण २०७९, आईतवार १९:१४

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले कृषि बीमालाई अभियानको रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । नेको इन्स्योन्स कम्पनीले आजबाट सुरू गरेको नेको अभियान कृषिमा योगदान कार्यक्रममा सम्बोधन गर्दै कृषि बीमालाई अभियानको रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष सिलवालले शहरबाट गाउँमा बीमा अभियानसँगै दावी भुक्तानी पनि अभियानकै रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । अध्यक्ष सिलवालले नेको इन्स्योरेन्सले पहिलो पटक सुरू गरेको अभियान सबै बीमा कम्पनी सहभागी हुने विश्वास व्यक्त गर्दै अभियानको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

सबैले बीमा कम्पनीहरुले आ–आफनो क्षेत्रबाट यस्तो अभियान सुरु गरे सम्रग बीमा कम्पनीहरुलाई नै फाईदा पुग्ने उनले बताए । आगामी दिनमा अन्य बीमा कम्पनीहरुलाई पनि यस्ता कार्यक्रम संचालन गर्न उनले सुझाव दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*