कृषि बीमाको दावी भुक्तानी तत्काल दिनुपर्छः कार्यकारी निर्देशक पौडेल

१ श्रावण २०७९, आईतवार १९:०७

काठमाडौं। बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले बीमा कम्पनीहरुलाई तत्काल कृषि बीमाको दाबी भुक्तानी तत्काल दिनुपर्ने निर्देशन दिएका छन् । नेको इन्योरेन्सले आयोजना नेकोको अभियान कृषिमा योग्दान भन्ने नाराका साथ कृषि अभियान शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बीमा समितिले संचालन गरेको बीमा जागरण कार्यक्रममा बिशेष गरि कृषि बीमाको समस्या र दाबी भुक्तानीको बिषय बढी उठ्ने गरेको भन्दै यसतर्फ ध्यान दिन बीमा कम्पनीहरुलाई आग्रह गरे । विगतमा सरकारले कृषि बीमा कार्यक्रम संचालन गर्दा बीमा कम्पनीहरु जबजस्ती कृषकसम्म बीमा गर्न आग्रह गरेको कुरा कार्यक्रममा स्मरण गराएका थिए । आज त्यहि कृषि बीमाबाट बर्षिनै राम्रो बीमाशुल्क आर्जन भएको कार्यक्रममा बताए ।

उनले कार्यक्रममा कृषि बीमालाई नाफामुखी भन्दा पनि सेवामुखीको रुपमा विस्तार गनुपर्ने बताएका छन् । बीमा कम्पनीहरुले सेवाको पाटोबाट यसलाई लिएमा उचित प्रतिफल मिल्ने उनको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*