राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्न गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान

१ श्रावण २०७९, आईतवार १४:४०

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धि प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैकिङ्ग कारोबार गर्ने इजाजत प्राप्त गरेका इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुले साउन १ गतेदेखि ४ गतेसम्ममा संस्थानको प्रधान कार्यालयको वित्त व्यवस्थापन विभागमा प्राप्त हुनेगरी आवश्यक विवरण उल्लेख गरी शिलबन्दी पेश गर्न सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*