प्राइम लाइफ इन्स्योरेन्सको कम्पनीको सचिवको जिम्मेवारी राजन प्रसाद अधिकारीलाई
१ श्रावण २०७९, आईतवार १४:१३
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको कम्पनी सचिवको जिम्मेवारी राजन प्रसाद अधिकारीलाई दिइएको छ ।
कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत अधिकारीलाई साउन १ गतेबाटै लागू हुनेगरी कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।