प्राइम लाइफ इन्स्योरेन्सको निमित्त सिइओको जिम्मेवारी निर्मल दाहाललाई
१ श्रावण २०७९, आईतवार १३:३७
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्मल दाहाललाई दिइएको छ ।
कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले कम्पनीका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत दाहाललाई साउन १ गतेबाट लागूृ हुनेगरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।