बीमा कम्पनीहरुले सुशासन कायम नगर्दा बीमाप्रति विश्वास गुम्दैछः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुमा अस्वस्थ प्रतिस्पर्धा धेरै भएकोले पनि मर्जर जरुरी भएको बताएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको आज एकीकृत कारोबार शुभारम्भ गर्दै अध्यक्ष सिलवालले दुई रुपैयाँमा बीमा गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बीमा समितिका अध्यक्ष सिलवालले सिंगै बीमाको बजार बद्नाम भएको, बीमा कम्पनीको विश्वसनियता घटेको, पैसा नदिने बीमा भन्ने खालको प्रवृत्ति विकास भएकोले बीमा क्षेत्रमा धेरै सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
अध्यक्ष सिलवालले नेपालमा कतिवटा बीमा कम्पनीहरु चाहिन्छ भनेर हालसम्म अध्ययन नै नभएको बताउँदै आगामी दिनमा त्यस्तो अध्ययन गरिने बताए । बीमा कम्पनीहरुले नयाँ आविस्कार, नयाँ प्रयोग गरेर जनताको बीचमा जान नसकेको गुनासो गर्दै शहरमुखी बीमालाई जनतामुखी र गाउँमुखी बीमा सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।