पूर्व सूचना दिएर अनुगमनमा जाँदै बीमा समिति
१ श्रावण २०७९, आईतवार ०९:२८
काठमाडौं । बीमा समितिले आज पूर्व सूचना दिएर बीमा कम्पनीहरुमा अनुगमन गर्ने भएको छ । नियामक निकाय बीमा समितिले पूर्व सूचना दिएर अनुगमनमा जानुको अर्थ बुझ्न सकिएको छैन । नियामक निकायलाई उध्रित गर्दै प्रकाशित समाचारमा आज विहानै बीमा समितिको टोली सबै बीमा कम्पनीहरुमा पुग्ने आजै विहान प्रकाशित समाचारमा उल्लेख छ ।
आज आर्थिक वर्षको पहिलो दिन भएकोले गत आर्थिक वर्षको हिसाब किता क्लोज गरे नगरेको अनुगमन गर्न पूर्व सूचना दिएर जान लागेको हो । सबै कम्पनीमा अनुगमन गरिने आज बाहिर सार्वजनिक भएको समाचारमा जनाइएकोछ । जीवन बीमा कम्पनीहरुमा ब्याक डेटमा बीमा पोलिसी जारी गर्न नदिन अनुगमनमा जान लागिएको प्रकाशित समाचारमा जनाइएको छ ।