नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा प्रविण रमण पराजुली नियुक्त

३१ असार २०७९, शुक्रबार १९:३०

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोर्डको बैठकले प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

कम्पनीको सिनियर डिसिईओ रुपमा काम गरिरहेको प्रविण रमण पराजुलीलाई सिईओमा नियुक्त गर्ने बोर्डले निर्णय गरेसँगै बीमा समितिको स्वीकृतीको लागि पठाईएको छ । बीमा समितिले अन्तिम स्विकृती दिएमा उनले कम्पनीको सिईओमा चारबर्ष कार्यभार सम्हाल्न पाउनेछन् ।

यसअघि उनले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओको रुपमा काम गरिसकेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*