मिर्मिरे लघुवित्तको विशेष साधारण सभा सम्पन्न, बुद्धज्योति लघुवित्तलाई प्राप्ति र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा गत असार ३१ गते संस्थाका अध्यक्ष टेक बहादुर बोहराको अध्यक्षतामा होटल सारथी, धुलिखेल नगरपालिका–८, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो ।
उक्त सभाले मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्त गर्ने विशेष प्रस्ताव पारित गरेको छ । दुवै संस्थाको छुट्टाछुट्ट बसेको विशेष साधारण सभाले एकआपसमा मर्जरमा जाने अर्थात् प्राप्ति गर्नेै वा गभिने विशेष प्रस्तावालाई अनुमोदन गरी पारित गरेको छ ।
साथै डिडिएका आधारमा बुद्धज्योतीको समायोजित शेयर मूल्यको सम्बन्धमा, प्राप्तिपश्चात संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न थप शेयर एफपिओ निष्काशन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
संस्थाका संचालक समितिका अध्यक्ष टेक बहादुर बोहराले बुद्दज्योति लघुवित्त वित्तीय संस्थालाई १ः०.७६ स्वाप रेसियोमा प्राप्ति गर्न बिशेष प्रस्ताव पारित सभा समक्ष प्रस्ताव गरेकोमा शभाले सर्वसम्मत अनुमोदन गरेको छ ।
अध्यक्ष बोहराले संस्थाले चालु आर्थिक बर्षमा ३५ प्रतिशतले निक्षेप, ३३ प्रतिशतले कर्जा र ४ प्रतिशतले नाफा बृद्दी गर्न सफल भएको बताए । साथै यस कार्यमा प्रत्यक्ष–परोक्ष सहयोग तथा सुझाव दिनुहुने सम्पूर्ण सरोकार वालामा धन्यबाद ब्यक्त गरेका थिए । शेयरधनीहरुको तर्फबाट मन्तब्य राख्दै संस्थाका शेयरधनी शिव प्रसाद पौडेलले संस्थाको उपलब्धिको प्रशंशा गर्दै बुद्द्ज्योती संगको एकीकृत कारोबारको लागी शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनि सचिव पुष्कर राज जोशीले गरेका थिए । शभामा संस्थापक शेयरधनी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । प्राप्ति पश्चात् वित्तीय संस्थाको चुक्ता पुंजी ५४ करोड १२ लाख पुग्ने संस्थाले जनाएको छ ।
२०७९ असार ३० को रिपोर्ट अनुसार लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८१ करोड र निक्षेप संकलन तर्फ २ अर्ब ६८ करोड रहेको वित्तीय संस्थाले देशभर ६१ जिल्लाहरुमा १४८ वटा शाखा संजाल मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको संस्थाले जनाएको छ ।