बीमा समितिद्धारा विरगञ्जमा जीवन बीमकको शाखा प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया

३० असार २०७९, बिहीबार २०:२५

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने सम्पूर्ण बीमकका प्रदेश प्रमुख, शाखा प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गत संचालनमा आएको मधेश प्रदेश कार्यालय, वीरगञ्जमा प्रदेश प्रमुख, उप निर्देशक, कुसुम शर्मा, सहायक निर्देशक, टेकराज पाण्डेय र कर्मचारी हरेराम श्रेष्ठको उपस्थितिमा बीमा समितिको कार्यालयमा त्यस क्षेत्रमा सञ्चालनमा रहेका जीवन बीमा व्यवसाय गर्ने सम्पूर्ण बीमकका प्रदेश प्रमुख, शाखा प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा उपस्थित भएका सम्पूर्ण बीमकहरुले समितिको प्रादेशिक कार्यालय अन्तर्गत वीरगञ्जमा सञ्चालन गरेकोमा खुशी व्यक्त गरेका थिए । उक्त कार्यक्रममा प्रदेश प्रमुख कुसुम शर्माले यस क्षेत्रमा समितिको कार्यालय स्थापना हुनुको कारण बारे प्रष्ट पार्दै बीमा समितिको स्थापना गर्नुको मुल उद्देश्य नेपालमा बीमा व्यवसायलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्नु रहेको बारे पनि प्रष्ट पारे र यहाँ सञ्चालित सम्पूर्ण बीमा कम्पनीले समितिबाट समय समयमा जारीे ऐन, नियम, निर्देशन, परिपत्रहरुको सिमा भित्र रहेर आफ्नो बीमा व्यवसायलाई स्वस्थ प्रतिस्पर्धाका साथ सञ्चालन गर्न सुझाव दिएकि छिन् ।

साथै, उक्त कार्यक्रममा समितिका सहायक निर्देशक, टेकराज पाण्डेयले सरकारले बजेट मार्फत घोषणा गरेको एक घर एक बीमा नीति अनुुसार बीमाको विस्तार तथा बीमाको पहँुच बढाउनका लागि बीमा कम्पनीहरुले स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्न सुझाव दिएका थिए ।
यसका लागि बीमा समिति सधै साथ र सहयोगका लागि तयार रहेको कुरा राख्नु भएको थियो । उक्त कार्यक्रममा बीमा कम्पनीका तर्पmबाट यस क्षेत्रमा निप्स गठन गरिदिनका लागि आग्रह गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*