समान हैसियतमा प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर, प्रभु महालक्ष्मी लाइफको नामबाट कारोबार हुने

३० असार २०७९, बिहीबार १८:२२

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर सम्झौतापत्रमा हस्ताक्षर भएको छ। तीन सातादेखि लगातार छलफलमा रहेको कम्पनीको आज मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुई इन्स्योरेन्स कम्पनी मर्जपछि १ः१ को अनुपातमै स्वाप रेसियो हुने गरी सम्झौता भएको हो ।

 

मर्जरपश्चात् अध्यक्ष प्रभु लाइफको तर्फबाट र सिईओ महालक्ष्मी लाइफबाट हुने सहमती भएको छ।दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ राखिने भएको छ । यसैले दुवै कम्पनीसँग तोकिएको पाँच अर्ब न्यूनतम पुँजी पुयाउन मर्जरबाहेक अरु विकल्प नभएको कारण मर्ज भएका हुन् ।

जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफले चुक्ता पुँजी (१ अर्ब ४० करोड रुपैयाँ) मा वृद्धि गर्न ५० प्रतिशत रकम संस्थापक सेयरधनीहरुबाट जोहा गरिसकेको छ।यसपछि पनि महालक्ष्मीको चुक्ता पुँजी करिब २ अर्ब १० करोड रुपैयाँ मात्र पुग्नेछ। यस्तै, प्रभु लाइफले पनि पुँजी करिब २ अर्ब मात्र छ।

यसैले दुवै कम्पनीसँग तोकिएको पाँच अर्ब न्यूनतम पुँजी पुयाउन मर्जरबाहेक अरु बाटो छैन। तर मर्जरमा गइसकेपछि पनि दुई कम्पनीको गरी कुल पुँजी बढीमा ४ अर्ब १० करोड मात्र पुग्ने देखिन्छ। ९० करोड रुपैयाँ भने अझै अपुग देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*