एलआईसी नेपालको महेन्द्रनगर शाखाद्धारा मृत्यु दाबी रकम हस्तान्तरण

३० असार २०७९, बिहीबार ११:५१

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन, (एलआईसी नेपाल) को महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले बेलौरी नगरपालिका वडा नं ८ कलकत्ता, कञ्चनपुर बस्ने बिमित स्व. नारायण रानाको मृत्यु दाबी बापतको रकम निजको इच्छाएको व्यक्ती चन्द्रा रानालाई भुक्तानी गरेको हो ।

स्व. नारायण रानाले लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लि. महेन्द्रनगर शाखाबाट तीन वर्ष अघि ५ लाख बीमाको साबधिक बीमा गरेका थिए । उक्त बीमा वापतको कम्पनीले बीमा दाबी बाफत रु. ६ लाख १७ हजारको चेक इच्छाएको व्यक्ती चन्द्रा रानालाइ हस्तान्तरण गरेको हो ।

मृत्यु दाबी बाफतको चेक मृतक स्व. रानाको घरमै गई एक कार्यक्रमका बीच कम्पनीको महेन्द्रनगर शाखाका प्रमुख हरिस प्रसाद भट्ट, सिनियर अभिकर्ता राज कुमार राना र वडा नं. ८ का निवर्तमान अध्यक्ष नन्द कुमार राना को उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष नन्द कुमार रानाले जीवन बीमा मानिसको आधारभूत आबश्यकता भइसकेको जानकारी गराएका छन भने शाखाका प्रमुख हरिस प्रसाद भट्टले बीमा बचत मात्र नभई आर्थिक क्षति बिरुद्घको सुरक्षा समेत भएकोले जीवन बीमा मानिसको लागि अपरिहार्य रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*