सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर, १००ः८० को रेसियोमा मर्जरमा जाने सहमति

३० असार २०७९, बिहीबार १०:५९

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीबीचमा आपसी मर्जरमा जाने सहमति पत्र (एमओयु) मा भर्खरै हस्ताक्षर सम्पन्न भएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीचमा १००ः८० को रेसियोमा मर्जरमा जाने सहमति भएको हो । काठमाडौंको काभेरा इन ज्ञानेश्वरमा आज विहान ९ः०० बजे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मर्जरपछि सिईओ चंकी क्षेत्री बन्नेछन् भने अध्यक्ष लुम्बिनी जनरल इन्स्योरेन्सले पाउनेछन् ।

बुधवार रातिदेखि लुम्बिनी र सगरमाथाको मर्जर हुने सहमति दुवै कम्पनीको मर्जर कमिटीमा सहमति जुटेको हो । अहिले सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड रहेको छ भने लुम्बिनीको १ अर्ब ३१ करोड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*