पन्ध्र प्रतिशतको व्याजदरको क्याप हटाउन राष्ट्र बैँकसगँ लघुवित्त संचालकहरूको आग्रह

२९ असार २०७९, बुधबार २०:४६

काठमाडौं । लघुवित्तका लगानी कर्ताहरुले लघुवित्तका लागि हाल कायम गरिएको १५ प्रतिशतको व्याजदरको क्याप हटाउन राष्ट्र बैँकसगँ आग्रह गरेका छन् । मंगलवार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी भएका लघुवित्तका संचालकहरुले यस्तो आग्रह गरेका हुन् ।

आगामी मौद्रिक निती आगामी मौद्रिक नितिका लागि सुझाव र बर्तमान चुनौतीका बिषयमा लघुवित्तका लगनीकर्ताहरुको साझा संगठन माइृक्रोफाइनान्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लघुवित्तमा कायम १५ प्रतिशतको ब्याजदरको क्याप हटाइदिन आग्रह गर्दे अहिलेको वित्तीय संकटकाबीच बजारमा व्याप्त तरलता अभाव भइरहेको र राष्ट्र बैंकबाट समेत सो सुविधा नपाइरहेको अवस्थामा ब्याजदरमा तोकिएको सिलिङ हटाउनुपर्ने लघुवित्तकर्मीहरुले आग्रह गरेका हुन् ।

लघुवित्तका विज्ञ डा।नरहरी ढकालले १५ प्रतिशतको क्याप हटाउनुपर्ने बताएका हुन् । ‘दुनियाँमा कहि पनि यस्तो व्यवस्था छैन कि, लघुवित्तको ब्याजदर केन्द्रीय बैंकले तोकोस् । तर हाम्रोमा भइरहेको छ । समुदायमा आधारित लघुवित्तमा ब्याजदरको सिलिङ तोक्नु कत्तिको जायज हो रु’ उनले प्रतिप्रश्न गरे । यस्तो समस्या अब मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने ढकालको तर्क थियो ।

यस्तै, तरलता अभावको अहिलेको स्थितिमा कमजोर माइक्रोफाइनान्सलाई राष्ट्र बैंकले रेस्क्यु गर्नुपर्ने माग गरेका छन् । सो अवसरमा स्थानीय ग्रामीण अर्थतन्त्र सुधारका लागि कृषि लगायतका क्षेत्रमा जाने अनुदान अब माइक्रोफाइनान्स मार्फत पनि जाने व्यवस्था गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।

तर, नियामक राष्ट्र बैंकले भने माइक्रोफाइनान्सहरु बैंक बन्न नखोज्न चेतावनी दिएको छ । कार्यक्रममा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले भने, ‘माइक्रोफाइनान्सहरु माइक्रोफाइनान्स नै रहनुस्, अरु बन्न नखोज्नुस् । यसले थप समस्या निम्त्याउँछ ।’

माइक्रोफाइनान्स र वाणिज्य बैंकमा धेरै भिन्नता भएको भन्दै श्रेष्ठले आफ्नो धरातल र सिद्धान्त नछोड्न माइक्रोफाइनान्सलाई आग्रह गरे । माइक्रोफाइनान्स सामाजिक संस्थाको रुपमा विकास भएकाले सोही अनुसार काम गर्न उनको सुझाव थियो । कार्यक्रममा लघुवित्तका विज्ञ डा।मानबहादुर बीके,डा।भरतसिंह थापाले लघुवित्तका बिषयका प्रिजेन्टेशन गरेका थिए । एसोसिएसनका अध्यक्ष जगत बहादुर पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिभिन्न लघुवित्तका संचालकहरुले आगामी मौद्रिक नितिका लागि सुझावहरु दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*