लुम्बिनी जनरल इन्स्योरेन्स नयाँ संचालक समिति चयन, अध्यक्षद्वारा पद तथा गोपनियता ग्रहण
काठमाण्डौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीले १७ औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी निर्बिरोध निर्वाचित भएका हुन्
त्यसैगरी आजै सम्पन्न नवनिर्वाचित सञ्चालकहरुको उपस्थितिमा बैठकले सञ्चालक समितिको अध्यक्षमा श्री मनोहर दास मुललाई नियुक्त गरेको छ ।
नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा समितिको कार्यालयमा आजै पद तथा गोपनियताको सपथ गराए । सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन।पि। प्रधान र कम्पनी सचिव श्री देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।