सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीबीच समान हैसियतमा मर्जर सम्झौता पत्रमा हस्ताक्षर

२९ असार २०७९, बुधबार १८:१३

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच समान हैसीयतमा मर्जरसम्बन्धी सम्झौता भएको छ। आज होटल मेरियटमा सानिमा जनरलका अध्यक्ष खेमराज लामिछाने र जनरल इन्स्योरेन्सका अध्यक्ष कुनाल कयालले उक्त एमओयूपत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जरपछि पनि कम्पनीको नाम सानिमा जनरल इन्स्योरेन्स नाम राख्ने सहमती भएको छ । यी दुई कम्पनी विच समान हैसियतमा मर्जर गर्ने सहमति भएको हो । मर्जर पछिको कम्पनीको अध्यक्षमा जनरलका कुनाल कयाल रहने छन् भने प्रमुख कार्यकारी अधिकृतमा सानिमाका सुद्युम्न उपाध्याय रहने छन् ।मर्जर यी दुबै कम्पनीका चुक्ता पुँजि २ अर्ब रुपैयाँ पुग्नेछ ।

शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) सम्पत्ती र दायित्वको विस्तृत मुल्यांकन (डीडीए) पछि तया हुने गरी हालको लागि मर्जर सम्झौता गर्ने तयारी भइरहेको छ ।बीमा समितिले यहि वैशाखमा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्बबाट बढाएर साढे २ अर्ब र निर्जीवन बीमा कम्पनीका चुक्ता पूँजी दुई अर्बबाट बढाएर पाँच अर्ब पुयाउने निर्णय गरेको थियो । उक्त पूँजी वृद्धिको लागि २०७९ चैत मसान्तसम्म्को समय दिएको छ ।

बीमा समितिले यही असार २३ गते दोस्रो पटक मर्जरमा जान लिखित पत्रमार्फत दवाव दिएको भन्दै बीमा कम्पनीका सञ्चालकहरु तनाव छन् ।समितिको उक्त निर्देशनले पूँजीवृद्धिमा दवाब परेका बीमा कम्पनीहरुले धमाधम मर्जर सम्झौता गर्ने क्रममा रहेका छन् ।

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले यसअघि नै मर्जर सम्झौता गरेर बीमा समितिबाट स्वीकृति पनि पाइसकेका छन् । दुई कम्पनीबीच साउन १ गते एकिकृत कारोबार हुँदैछ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*