हिमालयन बैंकमा गाभियो सिभिल बैंक, एमओयूमा हस्ताक्षर

२९ असार २०७९, बुधबार १६:३०

काठमाडौं । हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । दुई बैंकबीच सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । हिमालयन बैंकले १००ः८१ को अनुपातमा सिभिललाई गाभ्न लागेको हो ।बुधबार ३ बजे राजधानीको दरवारमार्ग स्थित होटल याकएण्ड यतीमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

दुई बैंकबीच सम्झौतापत्रमा हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका सीइओ अशोक राणा हुने सहमती सहित हस्ताक्षर भएको छ । हिमालयन बैंकमा मर्ज हुँदा सिभिल बैंकका स्थायी कर्मचारीहरूको पद र सेवा सुविधा दुबै नघट्ने गरि समझदारी भएको छ । त्यस्तै, प्राप्तिपश्चात नयाँ बन्ने हिमालयन बैंकको कुल चुक्ता पुँजी २० अर्ब ३० करोड २१ लाख ५९ हजार रुपैयाँ हुने देखिएको छ ।

१००ः८१ को स्वाप रेसियोमा गाभिन लागेको सिभिल बैंकको हालको कुल चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार रुपैयाँ छ भने हिमालयन बैंकको १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*