लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, संचालक समितिलाई मर्जरको अख्तियारी प्रदान
२९ असार २०७९, बुधबार १२:०९
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान सम्पन्न भएको हो ।
सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै सभाले यस कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने समझदारीपत्रमा हस्ताक्षर लगायतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।