सगरमाथा इन्स्योरेन्स कम्पनीद्धारा तीन अर्ब रुपैयाँ बीमाशुल्क आर्जन

२९ असार २०७९, बुधबार ११:३४

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले तीन अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन १५ प्रतिशतले वृद्धि भएको छ ।

सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को अन्तिम त्रैमासिकअघि नै अर्थात जेठ २८ गतेसम्ममा कूल ३ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो । यससँगै असार मसान्तसम्ममा अर्थात अबको तीन चार दिनमा उक्त रकममा थप वृद्धि हुने छ ।

यसअघि कम्पनीले गत जेठ मसान्तसम्ममा २ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । र, निर्जीवन बीमा कम्पनीमध्ये बढी बीमाशुल्क आर्जन गर्नेको दोश्रो स्थानमा पर्न सफल भएको थियो ।

त्यसको करिब एक महिनामै कम्पनीले थप २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेर ३ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ ।यो उपलब्धिसँगै कम्पनीले खुशीयाली साटासाट गरेको छ । कम्पनीले असार २८ मंगलबार आफ्ना कर्मचारीमाझ केक काटी खुशी साटासाट गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*