लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा आज

२९ असार २०७९, बुधबार १०:०२

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारणसभा आज (असार २९ गते बुधवार) हुँदैछ । सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको हो ।

सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले यस कम्पनीले अन्य कुनै पनि कम्पनीलाई प्राप्ति गर्ने वा एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्ने समझदारीपत्रमा हस्ताक्षर लगायतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असार १५ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असार १४ गतेसम्म कायम शेयरधनी साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*