सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर हुँदै, छिट्टै सम्झौता गर्ने तयारी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर गर्ने प्रक्रिया अघि बढाइएको छ ।
बीमा समितिको चर्को दवाव खेप्न नसकेका बीमा कम्पनीहरु मध्येका उल्लेखित दुई कम्पनीले छिट्टै मर्जर सम्झौता गर्न लागेको बुझिएको छ ।
शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) सम्पत्ती र दायित्वको विस्तृत मुल्यांकन (डीडीए) पछि तया हुने गरी हालको लागि मर्जर सम्झौता गर्ने तयारी भइरहेको छ ।
बीमा समितिले यहि वैशाखमा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्बबाट बढाएर साढे २ अर्ब र निर्जीवन बीमा कम्पनीका चुक्ता पूँजी दुई अर्बबाट बढाएर पाँच अर्ब पुयाउने निर्णय गरेको थियो । उक्त पूँजी वृद्धिको लागि २०७९ चैत मसान्तसम्म्को समय दिएको छ ।
बीमा समितिले यही असार २३ गते दोस्रो पटक मर्जरमा जान लिखित पत्रमार्फत दवाव दिएको भन्दै बीमा कम्पनीका सञ्चालकहरु तनाव छन् ।
समितिको उक्त निर्देशनले पूँजीवृद्धिमा दवाब परेका बीमा कम्पनीहरुले धमाधम मर्जर सम्झौता गर्ने क्रममा रहेका छन् ।
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले यसअघि नै मर्जर सम्झौता गरेर बीमा समितिबाट स्वीकृति पनि पाइसकेका छन् । दुई कम्पनीबीच साउन १ गते एकिकृत कारोबार हुँदैछ ।