प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज, मर्जर अख्तियारी संचालकलाई दिईने

२८ असार २०७९, मंगलवार १०:४८

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा आज हुँदैछ । विशेष साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा दिउँसो ११ बजे शुरु हुने भएको हो ।

कम्पनीले भविष्यमा कुनै निर्जीबन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने/ गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने, चलअचल सम्पत्ति र दायित्व मुल्यांकन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*