चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सरकारको कुल खर्च १० खर्ब ३५ अर्ब रुपैयाँ

२७ असार २०७९, सोमबार १७:०७

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८।०७९ को जेठ मसान्तसम्ममा संघीय सरकारको कुल १० खर्ब ३५ अर्ब ६१ करोड रुपैयाँ खर्च भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको एघार महिनासम्मको देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कमा संघीय सरकारको खर्च १० खर्ब बढी पुगेको देखिएको हो । यस अवधिसमममा चालु खर्चतर्फ ८ खर्ब १४ अर्ब ५४ करोड रुपैयाँ र पुँजीगत खर्चतर्फ एक खर्ब ३७ अर्ब ९६ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ८३ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

साथै चालु आवको एघार महिनासम्म संघीय सरकारको कुल राजश्व ९ खर्ब ४२ अर्ब १३ करोड परिचालन भएको छ । यसमध्य कर राजश्व तर्फ ८ खर्ब ७२ अर्ब रुपैयाँ र गैर राजश्व तर्फ ६९ अर्ब ५९ करोड रुपैयाँ परिचालन भएको छ ।

त्यस्तै, समिक्षा अवधिसम्म संघीय सरकारले ट्रेजरी बिलमार्फत ८५ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ८९ अर्ब ५० करोड रुपैया र नागरिक बचतपत्रमार्फत ९७ करोड रुपैयाँ परिचालन गरी जम्मा १ खर्ब ७५ अर्ब ४७ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*