वैदेशिक राजगारीमा जानेको संख्या सवा ३ लाख पुगेसँगै रेमिट्यान्स ३ प्रतिशतले बढ्यो

२७ असार २०७९, सोमबार १६:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको देशको वर्तमा आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३.८ प्रतिशतले बृद्धि भएको छ ।

चालु आवको एघार महिनासम्ममा रेमिट्यान्स ३.८ प्रतिशतले बृद्धि भई ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिसम्म विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बृद्धि भएको थियो । देशमा चुलिँद गएसँगै अघिल्लो वर्षको तुलनामा भने विप्रेषण आप्रवाहमा केही कमी आएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बृद्धि भई ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशलते बढेको थियो ।

त्यस्तै, समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा बृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिसम्ममा २०८.३ प्रतिशलते बृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म यस्तो संख्या ५२ प्रतिशतले घटेको थियो ।

त्यस्तै, चालु आवको एघार महिनासम्ममा खुद ट्रान्सफर ३.६ प्रतिशतले बृद्धि भई १० खर्ब ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*