हिमाल दोलखा हाइड्रोपावरको अध्यक्षमा रञ्जना दाहाल नियुक्त

२७ असार २०७९, सोमबार १६:२३

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षको जिम्मेवारी रञ्जना दाहाललाई दिइएको छ ।

यसअघि कम्पनीको संचालक समितिको अध्यक्षमा रहेका कल्याण बिक्रम न्यौपानेले आफ्नो स्वास्थ्य स्थितिको कारणले सो पदबाट दिएको राजिनामा कम्पनीको असार २७ गते बसेको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

साथै आगामी वार्षिक साधारण सभा सम्मका लागि कम्पनीको संचालक अध्यक्षमा संस्थापक शेयरधनी दाहाललाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*