एनएफआरएस कार्यान्वयन प्रभावकारी बनाउन कमिटी गठन गर्न बीमक संघको माग

२७ असार २०७९, सोमबार १४:५०

काठमाडौं । एनएफआरएस १७ को कार्यान्वयनलाई प्रभावकारी बनाउन कमिटी गठन गर्न बीमक संघले माग गरेको छ ।एनएफआरएस १७ को कार्यान्वयनलाई प्रभावकारीताको साथमा अघि बढाउन बीमक संघले एक्यान र बीमा समितिको सहकार्यमा कमिटी गठन गर्न माग गरेको हो एनएफआरएस १७ सम्बन्धी अन्यौलता हटाउन समेत यसले मद्धत गर्ने एक्यानको धारणा रहेको छ।

एनएफआरएस १७ को कार्यान्वयन, जनशक्ति विकास, नयाँ प्रविधि अवलम्बन लगायतका विषयमा नियामक निकायहरू लगायत सम्बद्ध पक्षहरूको सहभागितामा एक कमिटी गठन गरी अगाडि बढ्नका लागि आवश्यक सहयोग गर्न समिति तयार रहेको समितिको भनाई छ।

बीमा कम्पनीहरुको हितमा हुने काममा सदैभ सकारात्मक रह्ने बीमा समितिका अध्यक्ष सूर्या प्रसादल सिलवालको रहेको छ। यो कमिटिले बीमा क्षेत्रमा भएको समस्या समेत निराकरण गर्ने हुँदा समिति सकारात्मक नै रहेको उनले बताए ।

एक्यानका अध्यक्ष युद्धराज ओलीले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, एनइफआरएसको कार्यान्वयन लगायतका विषयमा समन्वय एवम् सहकार्यका साथ अगाडि बढ्न आइक्यान तयार रहेको बताएका छन् ।

अडिटको अन्तिम चरणमा पनि छलफल नहुँदा सिएहरुले भोग्नुपर्ने समस्याको बिषयमा उक्त समिति गठन गर्ने तयारी भईरहेको छ।बीमा समितिलाई यस्तो गुनासो गरिसकेका एक्यानले अडिटको क्रममा बारम्बार समस्या दोह्रीरहेको हुँदा यस बिषयमा गम्भीर भएर सोच्न समेत एक्यानले आग्रह गरेको छ।

त्यस्तै, बीमा कम्पनीहरु वित्तिय विवरणमा ढिलाई भएको कारण अन्तराष्ट्रिय स्तरमा हुने कार्यक्रममा समेत सहभागी हुन नसकेको भन्दै एक्यानको गुनासो रहेको छ। मर्जर कमिटि गठन भएमा बीमा कम्पनीहरुको हकहितको लागि काम हुने एक्यानको विश्वास रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*