रिलायन्स लाइफका डेपुटी सिइओद्धारा मेयर साहलाई ५ बुँदे सुझाव

२७ असार २०७९, सोमबार १२:०१

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) निराजन कँडेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई ५ बुँदे सुझाव दिएका छन् ।

कंडलले आफ्नो सामाजिक संजालमार्फत एक स्ट्याटस लेख्दै मेयर साहलाई ५ बुँदासहितको सुझाव दिएका हुन् । उनले सबै कुरा ब्यवस्थापन गर्न कोसिस नगर्न देखि लिएर पहिले नै यस्तो एक्सपोजर भएको कसैलाई सल्लाहकार।गाइडरको रुपमा लिन सुझाव दिएका छन् ।

साथै उनले मेयर साहले धेरै कुरा सिक्न बाँकी रहेको र चलाख मानिसहरुका बीचमा लामो यात्रा गर्न बाँकी रहेको भन्दै यसलाई महशुस गरेर अघि बढेमा मात्र नम्रता स्वतः आउने बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*