नेपाल लाइफ र एनआइसी एशिया बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

२७ असार २०७९, सोमबार १०:५१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समुहतर्फको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआइसी एशिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिलामीमा ल्याएको हो ।

नेपाल लाइफले सो शेयरको न्यूनतम मूल्य ७०० रुपैयाँ र एनआइसी एशिया बैंकले ४२५ रुपैयाँ तोकेको छ । यसअनुसार इच्छुक आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

यी दुवै कम्पनीको लिलामी शेयरमा आवेदन दिदा न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ । साथै आवेदकले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौं र ग्लोबल आइएमई बैंकका निश्चित शाखा कार्यालयबाट गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*