चालु आवमा हिमालयन जनरल इन्स्योरेन्सको व्यवसाय २ अर्ब नाघ्यो
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको असार मसान्तको पूर्वसन्ध्या लागेसँगै २ अर्ब रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ। कम्पनी स्थापनाको ईतिहासमा नै पहिलोपटक २ अर्ब बीमाशुल्क आर्जन गरेको खुसीयलाीमा झम्सिखेल स्थित होटल विभान्तामा एक कार्यक्रम संचालन गरिएको थियो ।
कम्पनीले आर्थिक बर्षको अन्तय लागेसँगै पहिलो पटक प्रिमियम कलेक्सनमा उत्साह थप भएको हुँदा संचालक समितिका अध्यक्ष, संचालकहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीहरुको उपस्थितमा केक काटेर भव्यताका साथ मनाएको थियो ।
कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले केक काट्नुका साथै सम्पूर्ण कर्मचारीहरुमा वधाई ज्ञापन गरेका थिए ।
कम्पनीका सिईओ विजय बहादुर शाहले कर्मचारीहरुमा बधाई तथा धन्यबाद ज्ञापन गर्दै आफू अत्यन्त उत्साहित भएको र आगामी दिनहरुमा कम्पनीलाई नेपाली बीमा बजारमा उल्लेख्य र सबल कम्पनीको रुपमा रह्ने हुँदा धन्यवाद ज्ञापन गरे ।