विवाहमा बीमा पोलिसी उपहार

२६ असार २०७९, आईतवार १५:५८

काठमाडौं । धनगढीमा भएको एक विवाह समारोहमा नै बीमा पोलिसि हस्तान्तरण गरिएको छ । धनगढी स्थित डोके बजारका दिनेश नाथको वैवाहिक कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शाखा कार्यालय धनगबीमा पोलिसि हस्तान्तरण गरेको हो ।

दिनेश नाथले दस लाखको रिलायबल समुन्नति जीवन बिमा गराइ आफ्नो र आफ्नो परिवारको भविष्य सुनिश्चित गरेका छनसामाजिक परम्परा अनुसार गरिएको बैवाहिक समारोहमै गई उनका एमडिआटी हरजित नाथ र धनगढी शाखा मार्केटिङ प्रमुख विक्रम सिंह बोगटीले संयुक्त रूपमा बिमा पोलिसि हस्तान्तरण गरी नवबिवाहित जोडीलाई आशीर्वाद समेत प्रधान गरेका छन ।

बिवाह समारोहमा बोल्दै उनका अङ्कल हरजित नाथले सुन्दर युगल जोडिले गरेको काम एकदमै नौलो रहेको र अव आउने पिडिले पनि यस्तै कार्यलाई अगाडी बढाउन पर्नेमा जोड दिएको रिलाबल नेपाल लाइफ इन्स्योरेन्सका प्रदेश संयोजक चन्द्र बहादुर विष्टले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*