मर्जर सम्बन्धि प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सको साधारण सभा मंगलबार बस्दै

२६ असार २०७९, आईतवार १५:३५

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा असार २८ गते मंगलबार बस्दैछ । कम्पनीले मर्जर प्रस्ताव राख्दै कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले प्रभु इन्स्योरेन्सले भविष्यमा कुनै निर्जीबन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने, चलअचल सम्पत्ति र दायित्व मुल्यांकन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असार १९ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*