प्रोटोन मनसुन एक्सचेञ्ज अफर: भोलिसम्म मात्रै आफुसँग भएको सवारीसाधन साट्न सकिने

२६ असार २०७९, आईतवार ११:३०

काठमाडौं । नेपालका लागि प्रोटोन मोटर्सको एकमात्र आधिकारी बिक्रेता जगदम्बा मोटर्सले गैरिधारास्थित आफ्नो शोरुममा ‘मनसुन एक्सचेञ्ज अफर’ ल्याएको छ ।

उक्त एक्सचेञ्ज अफर असार २३ गतेदेखि असार २७ गतेसम्म संचालनमा ल्याएको हो । सो अनुसार भोलिसम्म मात्रै आफुसँग भएको सवारीसाधन एक्सचेञ्ज गर्न पाइनेछ ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले गैरीधाराको प्राटोन शोरुममा उपलब्ध विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् । एक्सचेञ्ज इभेन्टमा ग्राहकले स्पट एक्सचेञ्ज सुविधा, पुराना सवारी साधनको तत्काल मूल्यांकन, २०% डाउन पेमेन्ट सुविधा, एक्सचेञ्ज बोनस र निःशुल्क बीमा र एक वर्षको लागि निःशुल्क सडक कर प्राप्त गर्न सक्नेछन् । यसबाहेक ग्राहकले टेस्ट ड्राइभमा आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन् ।

प्रोटोन एक मलेशियन अटोमेटिक कम्पनी र अटोमोबाइल निगम हो जुन अटोमोबाइल डिजाइन, निर्माण, वितरण र बिक्रीमा सक्रिय छ । प्रोटोन १९८५ मा मलेसियाको प्रख्यात कार कम्नपीको रुपमा स्थापित भएको थियो ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा प्रोटोन कारको एकमात्र आधिकारीक बिक्रेता हो । जगदम्बा मोटर्स २०२० देखि प्रोटोन बिक्री गर्दै आएको छ, जस्तै सेडन खण्डमा प्रोटोन सागा, सि–सेगमेन्ट सभ मा प्रोटोन X50 र प्रिमियम सभ खण्डमा प्रोटोन X70 बिक्री गर्दै आएको छ । प्रोटोनले आफ्नो बिक्रीको साथै बिक्री पछिको सेवाहरुद्धारा बजारमा ठूलो छाप सृजना गर्ने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*