बीमा व्यवसायलाई बुझ्नुभन्दा अगाडि बीमा व्यवसायका प्रविधिक शब्दावलीबारे जानिराखौ
१) बीमित
बीमित भन्नाले बीमालेख धारक संस्थाका (उपयुुक्त विवरण उल्लेख गर्ने) भई यस बीमालेखसंग संलग्न बीमितको सुुचिमा विवरण समावेश गरिएको व्यक्तिहरु सम्झनुुपर्छ ।
२) दुर्घटना
दुुर्घटना भन्नाले बाहिरी, आखाँले स्पष्ट देख्न सकिने र साघातिक माध्यमबाट हुुने आकस्मिक र अप्रत्यासित दुुर्घटना सम्झनुुपर्छ।
३) स्थायी पुुर्ण अशक्तता
स्थायी पुर्ण अशक्तता भन्नाले बीमित न्याय वा मुुनाफा आर्जन गर्ने कुुनै पनि व्यवसाय वा पेशा गर्न सधैको लागि असमर्थ भएको अवस्था सम्झनुुपर्छ । भविष्यमा निको हुने वा नहुुनेमा एकिन हुुन नसकिने अवस्थामा दुुर्घटना घटेको मितिदेखि ३६५ दिन सम्म बीमित स्थायि पुुुर्ण अशक्त रहेमा निज सधैको लागि स्थायी पुर्ण अशक्त मानिनेछ ।
४) निको नहुने गरी आँखाको दृष्टि पुुर्ण रुपले क्षति
निको नहुुने गरी आँखाको दृष्टि पुुर्ण रुपले क्षति भन्नाले नेत्र विज्ञानमा मा विशेषता प्राप्त गरेको इजाजत प्राप्त चिकित्सकद्धारा निको नहुुने भनि प्रमाणित गरिएको आँखाको दृष्टि पुुर्ण रुपले क्षति भएको सम्झनुुपर्छ । भविष्यमा निको हुुने वा नहुनेमा एकिन हुन नसकिने अवस्थामा दुुर्घटना घटेको मितिदेखि ३६५ दिनसम्म बीमितको दृृष्टि शक्ति पुर्ण रुपले क्षति भएको अवस्था कायम रहेमा निजको निकोे नहुुने गरी आँखा दृष्टि पुर्ण रुपले क्षति भएको मानिनेछ ।
५) शारीरिक रुपले काम नलाग्ने
शारीरिक रुपले काम नलाग्ने भन्नाले दुर्घटनाबाट चोटपटक लागेको अंगको सम्बन्धमा उक्त विषयमा विशेषज्ञता प्राप्त गरेको इजाजत प्राप्त चिकित्सकद्धारा प्रमाणित गरिएको अंगको उपयोगको पुुर्ण हस वा पुुर्ण स्थायी क्षतिलाई सम्झनुपर्छ । भविष्यमा निको हुुने वा नहुुनेमा एकिन हुन नसकिने अवस्थामा दुुर्घटना घटेको मितिदेखि ३६५ दिनसम्म बीमितको कुुनै अंग शारीरिक रुपले काम नलाग्ने भएको अवस्था कायम रहेमा निजको उक्त अंग सधैको लागि शारीरिक रुपले काम नलाग्ने भएको मानिनेछ ।
६) अन्य कुनै अंगभंग
अन्य कुुनै अंगभंग भन्नाले यस बीमालेखको लाभको तालिकाको खण्ड (ख) र खण्ड (ग) को उपखण्ड (अ) देखि (औं) मा उल्लेख भएका बाहेक अन्य अंगमा दुुर्घटनाबाट चोटपटक लागि सो चोटपटक लागेको अंगको सम्वन्धमा उक्त विषयमा विशेषता प्राप्त गरेको इजाजत प्राप्त चिकित्सकद्धारा प्रमाणित गरिएको अंगको उपयोगको पुुर्ण ह्रास वा पुुर्ण स्थायी क्षतिलाई सम्झनुु पर्छ । भविष्यमा निको हुने वा नहुनेमा एकिन हुन नसकिने अवस्थामा दुुर्घटना घटेको मितिदेखि ३६५दिन सम्म बीमितको कुनैपनि अंग शारीरिक रुपले काम नलाग्ने भएको अवस्था कायम भएमा निजको उक्त अंग सधैको लागि अंगभंग भएको मानिनेछ ।
७) अस्थायी पुर्ण अशक्तता
अस्थायी पुर्ण अशक्तता भन्नाले बीमित आय वा मुुनाफा आर्जन गर्ने कुुनै पनि व्यवसाय वा पेशा गर्न केहि समयको लागि पुर्ण रुपले असमर्थ भएको अवस्था सम्झनुपर्छ ।
८) आवश्यक तथा वास्तविक औषधोपचार खर्च
आवश्यक तथा वास्तविक औषधोपचार खच भन्नाले दुर्घटनाबाट बीमितबाट बीमितलाई लागेको घाउ चोटको लागि आवश्यक उपचार, उपचार सामाग्रि वा उपचार सेवा भुुक्तनी गरिएको वास्तविक खर्च रकम सम्झनुुपर्छ जुुन खर्च रकम सो खर्च गरिएको ठाउँमा त्यस्तो उपचार, उपचार सामाग्रि वा उपचार सेवा उपचार सेवाको प्रचलित दर भन्दा बढि हुुने छैन ।
९) जोखिम समुुह
जोखिम समुुह भन्नाले हुुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्धेषपुुर्ण कार्य, आतंकवाद तथा विध्वंशात्मक कार्य जस्ता क्रियाकलाप हुन सक्ने दुुर्घटना सम्झनुुपर्छ ।
१०) साप्ताहिक आय
साप्ताहिक आय भन्नाले बीमितको व्यक्तीगत संलग्नताबाट बीमितले आर्जन गर्दै आएको मासिक आम्दानीको चार भागको एक भाग रकम सम्झनुुर्छ ।
प्राय सोधिने प्रश्नहरु
बीमा भनेको के हो ?
बीमा क्षेत्रलाई विकसित, व्यवस्थित, नियमित तथा नियन्त्रित गर्नका लागि बीमा ऐन २०४९ अनुुसार स्थापित नेपाल सरकारको एउटा कार्यान्वयन इकाई नै बीमा हो, जो एक स्वायत्त संस्था हो ।
बीमा समितिले के काम गर्छ ?
यसले बीमा कम्पनी, बीमा सर्भेयर र बीमा एजेण्टको लाइसेन्स जारी गर्ने, नबीकरण गर्ने, रद्ध गर्ने तथा तिनीहरुलाई नियमन गर्ने गर्छ । यसले नेपाल सरकारलाई बीमा सम्बन्धित सल्लाह दिने काम गर्छ ।
बीमा समिति कहाँ छ ?
यो कुपण्डोल, ललितपुुरमा छ ।
बीमा समितिको तालुक मन्त्रालय कुन हो ?
अर्थ मन्त्रालय हो ।
बीमा समितिको स्थापना कहिले भयो ?
वि.स. २०२५ सालमा भएको हो ।
जीवन बीमा भनेको के हो ?
जीवन बीमा भनेको कु्ुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयुुको आधारमा किस्ताबन्दि बुुझाउने गरि कुुनै खास रकम तिरेमा निजले वा निजको मृत्युु भएको अवस्थामा निजको हकवालाले कुुनै खास रकम पाउने गरि गरिने करार सम्बन्धि व्यवसाय सम्झनुुपर्छ ।
निर्जीवन बीमा भनेको के हो ?
निर्जीवन बीमा भनेको जीवन बीमा व्यवसाय बाहेक अन्य बीमा व्यवसाय बुझिन्छ ।
नेपालमा कतिओटा बीमा कम्पनीहरु छन् ?
नेपालमा जम्मा ३९ वटा बीमा कम्पनीहरु छन् ।
( जीवन बीमा कम्पनी १९ वटा)
( निर्जीवन बीमा कम्पनी २० वटा)
( पुनर्बीमा दुई)
बीमा तथा बीमा व्यवसाय सम्बन्धि तथ्याङ्क कस्ले सर्बसाधारणलाई उपलब्ध गराउँछ ?
बीमा समितिले ।
बीमा अभिकर्ता भनेको के हो ?
बीमा कम्पनीको तर्फबाट काम गर्ने अभिकर्ता हो ।
बीमा सर्भेयर भनेको के हो ?
बीमा गरिएको सम्पतिका कुनै कारणले क्षति भएमा सो को मुल्याङ्कनकर्ता हो ।
बीमांकी भनेको के हो ?
बीमाङ्कीय विज्ञानमा स्नातक गरेको व्यक्ति हो ।
बीमाङ्कीय विज्ञान भनेको के हो ?
दायित्व मुुल्याङ्कन सम्बन्धि उच्च प्राविधिक तथा व्यावसायिक विषय हो ।
दाबी मुुल्याङ्कनकर्ताहरु को हुुन ?
बीमा गरिएको कारण भएको क्षतिको मुल्याङ्कनकर्ता हो ।
बीमकले दाबी बापतको रकम नतिरेमा कहाँ उजुरी गर्ने ?
बीमा समितिमा गर्ने ।
बीमा कम्पनीलाई गलत दाकी गरी भुुक्तनी माग्न खोजिएको लागेमा कहाँ उजुुरी गर्ने ?
बीमा समितिमा गर्ने ।
बीमा सर्भेयर संघको बार्षिउत्सकमा प्रकाशित पुस्तकबाट साभार गरिएको
(प्रस्तुति अनिता पौडेल)