युनाइटेड इन्स्योरेन्सको संचालक परितर्वन
२४ असार २०७९, शुक्रबार १४:५१
काठमाडौं । युनाइटेड इन्स्योरेन्स लिमिटेडका संचालकहरु परिवर्तन हुने भएका छन् । कम्पनीको असार २३ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनीसमूहतर्फको संचालक हेरफेर गर्ने भउको हो ।
संचालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक सदस्यहरु राज रिमाल र दिपक ओलीको स्थानमा क्रमशः रमेश प्रसाद जोशी र प्रणव कुमार दास नियुक्त हुने भएको हो ।