नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिँदै, मर्जर भंग

२४ असार २०७९, शुक्रबार ११:३३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आइएमई ग्रुप बाहिरिएको छ।समयदेखि क्रस हेल्डिङमा रहेको भन्दै बीमा समितिले कम्पनीलाई आइएमई जनरल इन्स्योरेन्ससँग मर्जर सम्झौता गर्न पत्र पठाएसगै कम्पनीले मर्जरमा नजान आइएमई ग्रुप कम्पनीको संस्थापक शेयर बिक्रिमा ल्याएको हो ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरमा जाने या शेयर बिक्री गर्ने मध्ये एउटा उपाय रोज्न निर्देशन दिएको थियो । समितिको निर्देशन अनुरुप नै आइएमईले शेयर बिक्री गर्न खोजेको देखिन्छ । आइएमई समुहले नेपाल इन्स्योरेन्स कम्पनीको शेयर बिक्री गरेर आइएमई जनरललाई अर्को कम्पनी सँग मर्ज गराउने देखिन्छ ।

आज नेपाल इन्स्योरेन्सको यसै बिषयलाई लिएर छलफल भईरहेको छ। बीमा कमपनीको ईतीहास बोकेको कम्पनीलाई कि त पुँजि वृद्धि गर्ने चुनौती देखिएको छ, कि त आफनो नाम मोटाउने अर्को चुनौती देखिएको छ ।

नेपाल इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापकहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना आह्वान गरेको हो ।
नेपाल इन्स्योरेन्सले आइएमई लिमिटेडको ७ लाख १९ हजार २०५ कित्ता, आइएमई इन्भेष्टमेन्ट प्रा.लि.को ७ लाख १९ हजार २०५ कित्ता र आइएमई होल्डिङ्ग प्रा.लि.को ७ लाख १९ हजार २०५ कित्ता गरी कुल २१ लाख ५१ हजार ६१५ कित्ता बिक्री गर्ने भएको हो ।

उक्त शेयरहरुको न्युनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ । आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय अमिर भवन पहिलो तल्ला, गणेशस्थान, कमलादी, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियमअनुसार अन्य कोही ब्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*