प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, संचालकलाई मर्जरको अख्तियारी

२३ असार २०७९, बिहीबार १४:४६

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज सम्पन्न भएको छ। सभा काठमाडौंमा सम्पन्न भएको छ। सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरेको छ।

सभाले संस्थापक समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुको नियुक्ती अनुमोदन गर्नुको साथै पूँजी बृद्धिको आवश्यक्तालाई ध्यानमा राखी भविष्यमा अन्य कुनै कम्पनीसँग एक आपसमा मर्जरमा जाने वा गाभ्ने गाभिने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङकन गर्न मुल्यांङकनकर्ता वा लेखापरीक्षकहरुको नियुक्ती गर्नेछ ।

त्यस्तै, अन्य कुनै कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धी आवश्यक कार्य गर्नका लागि संचालक समितिलाई पुर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*