एलआइसी नेपालले हकप्रद निष्काशन गर्न भारतबाट पायो स्वीकृति, नेपालमा ८८ प्रतिशतसम्म हकप्रदन निष्काशनको तयारी

२३ असार २०७९, बिहीबार ११:४७

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड हकप्रद शेयर निष्काशनको तयारीमा जुटेको छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा विवादित बनेको एलआइसी नेपालले हकप्रद जारी गर्ने तयारी गरेको हो ।

एलआइसी नेपालमा ५५ प्रतिशत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (इण्डिया) ले सो कम्पनीको हकप्रद निष्काशनमा लगानी गर्ने निर्णय गरिसकेको छ ।

एलआइसी इण्डियाको जुलाई ४ मा बसेको संचालक समितिको बैंठकले नेपालमा रहेको लाइफ इन्स्योरेनस कर्पोरेशन नेपाल लिमिटेडको हकप्रदमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय एलआइसी इण्यिाले त्यहाँको स्टक एक्सचेञ्जलाई जानकारी गराइसकेको छ ।

एआइसी इण्डियाले एलआइसी नेपालको हकप्रदको रुपमा पुँजी थप्न लागेको स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । एलआइसी इण्डियाले लगानी गर्न भनि स्वीकृति दिएको रकमको आधारमा एलआइसी नेपालले ७८ देखि ८८ प्रतिशतसम्म हकप्रदन निष्काशनको तयारी गरेको देखिएको छ ।

एलआइसी नेपालले हकप्रद जारी गर्नको लागि सर्वप्रथम संचालक समितिको बैंठक बस्नेछ । हालसम्म नेपाल स्टक एक्सचेञ्जलाई भने एलआइसी नेपालले जानकारी गराएको छैन । नेपाली बीमा कम्पनीहरुको नियमक निकाय बीमा समितिले स्वीकृति प्रदान गरेमा मात्र एलआइसी नेपालको हकप्रद निष्काशन हुने निश्चित छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*