रिलायन्स लाइफद्धारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने शेर्पालाई सम्मान
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी श्री दाकिपा शेर्पाद्धारा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन् । दाकिपा शेर्पा पेशाले क्लाईबिङ गाइड हुन् ।
उनको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला , महाकुलुङ गाउँपालिका , वडा नम्बर ०१ हो । उनले सिजनमा मा ट्रेकिङ गाइडको रुपमा काम गर्नुहुन्छ र अफ सिजनामा मा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आवद्ध भइ काम गर्छन्।बिशेषगरी कोरोना महामारीको समयमा शेपा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडसँग जोडिन पुगेका हु्न् । उनले यही मिति २०७९ साल बैशाख २९ गते बिहान २ बजेर २९ मिनेटमा विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरो चुमी रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर फहराएका हुन्।
सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आज एक कार्यक्रम आयोजना आयोजना गरी कम्पनीको केन्द्रिय कार्यालयमा उनकाृ साहसको प्रशंसा गर्दै सम्मान गरेको छ ।
उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले स्वागत एवं सम्मान गर्दै तपाईजस्तो युवाले आज देशको नाम विश्वको कुना कुनामा सगरमाथासँगै अगाडि बढाउनु भएकोमा हामी रिलायन्स लाइफ इन्स्योरेन्स परिवार हृदयदेखि नै सम्मान गर्दै तपाइको यो साहस र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानरलाई सर्वोच्च शिखरमा राख्न सफल हुनु भएकोमा आभार व्यक्त गरेका थिए ।
गामी दिनमा तपाइले अगाडी बढ्ने बाटोमा रिलायन्स लाइफ इन्स्योरेन्स सदैव साथ रहनेछ र सहयोग गर्ने बिश्वास समेत उनले दिलाए । दाकिपा शेर्पा रिलायन्स लाइफ इन्स्योरेन्सका एक सफल बीमाकर्मी हुन् । जसले हामीलाई यस्तो गर्व गर्ने स्थान दिनुभएको छ र हाम्रो ब्राण्डलाई सगरमाथाको चुचुरोमा
पुराईदिएको छ।
मलाई बिश्वको अग्लो शिखर सगरमाथामा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको व्यानर फहराउन पाउँदा असाध्यै खुशी लागेको छ । त्यो क्षणमा मैले सबै थकाइ बिर्सेछु । अन्तमा रिलायन्स लाइफ इन्स्योरेन्स परिवार र हाम्रो बालुवाखानीका शाखा प्रमुख गोपाल बस्नेत सर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, आरोही दाकिपा शेर्पाले भने ।
यस सम्मान कार्यक्रममा कम्पनीका सम्पुर्ण कर्मचारीहरु , संचालक समितिका सदस्यहरु एवं मिडियाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । सोही अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी व्यवस्थापनको तर्फबाट हृदयदेखि नै धन्यवाद दिदै रु ५० लाख बराबरको रिलायन्स म्यादी जीवन बीमा पोलिसीद्धारा उनलाई सम्मान गर्न पाउँदा रिलायन्स लाइफ इन्स्योरेन्स गर्व गर्दछ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राकेश पोखरेलले भने ।