जन्म दिनमा लोक दोहोरी गायिका अनुजा कट्टेलले लिईन् बीमा योजना

२१ असार २०७९, मंगलवार ११:५३

काठमाडौं । लोक दोहोरी गायिका अनुजा कट्टेलले आफ्नो जन्म दिनको अवसरमा जीवन विमा योजना उपहार लिएकी छिन् । सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वडा नं ४ पोखरेमा जन्मिएकी अनुजा कट्टेल हाल लोक दोहोरीको क्षेत्रमा निकै चर्चामा आएकी छन् ।

उनले कृष्णा कडेलले चलाउने ुइन्द्रेणीु, ुनेपाल लोक दोहोरीु, लोक संसार लगाएतका दर्जनौ कार्यक्रमहरुमा लाईभ दोहोरी गाएकी छन । मिठो स्वरकी धनी अनुजा दोहोरी मात्र नभएर रेडियो का विभिन्न कार्यक्रमहरुमा समेत सक्रिय छन् ।

हाल हिमाल एफएममा कार्यरत उनले भाग्य न्यौपानै सँग पनि दोहोरी गाएकी छन् । दोहोरिमा भर्खर प्रवेश गरेकी उनले दोहोरी बाटै आफ्नो भविष्य बनाउने सपना देखेकी छन् ।फजुल खर्च गरी जन्म दिन मनाउने संस्कार बढ्दै गएको अवस्थामा समाजलाई समेत केहि शिक्षा प्रदान होस भनि आफुले जन्म दिनको अवसरमा जिवन विमा गरेको बताएकी छन्  ।  साथै जन्म दिनकै दिन जीवन विमा गर्नाले बर्षौ बर्ष सम्म जन्म दिनको सम्झना हुने र जन्म दिनकै दिन देखि भविष्यको लागि वचत गर्ने बानिको विकास हुने बताएकी छन् ।

आफ्नो २० औ जन्म दिनको अवसरमा उनले सिटिजन लाईफ ईन्श्योरेन्स बाट सिटिजन शुभारम्भ जिवन विमा पोलेसी उपहार लिएकी छन् । हाल नेपालमा धेरै जीवन विमा कम्पनिहरु सञ्चालित छन् । कम्पनीहरु मध्ये सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नयाँ भए पनि विभिन्न आकर्षक, जीवन उपयोगी र सरल जीवन विमा पोलेसीहरु भएकै कारण धेरैको रोजाईमा पर्ने गरेको सिटिजन लाईफका एजेन्सी मेनेजर सुरेश बाबु जमरकट्टेलले बताएका छन्।

मान्छेको जीवनमा लाग्ने मुख्य २० प्राणघातक रोगको उपचारको जिम्मेवारी सिटिजन लाईफले बहन गर्ने हुदाँ जो कोहिले आजै सिटिजन लाईफमा जीवन विमा गरि हाल्नु हुन समेत अनुरोध गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*