सानिमा लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२० असार २०७९, सोमबार १२:००

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । .सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सानिमा लाइफ इन्स्योरेन्सका अध्यक्ष कुमार कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सभाले हाल कायम चुक्तापूँजी २ अर्ब रुपैयाँको आधारमा कुल ४ दशमलव ४२ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

साथै संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आर्थिक वर्ष ०७६।७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू हिसाब, नगद प्रवाह, नाफा नोक्सान लगायतका वित्तीय सूचकहरु छलफल गरी पारित गरेको छ । साथै आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिमा सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने केशब राज केसी र शिबहरि घिमिरे दुई जना संचालक निर्विरोध निर्वाचित समेत गरेको छ ।

यसबाहेक कम्पनीको अधिकृत तथा चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने समेत प्रस्तावलाई पारित गरेको छ ।

साथै, अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियार प्रदान पनि सोही सभाबाट भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते एक दिन बुक क्लोज गरेको थियो । यसअनुसार बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्रस्तावित लाभांश पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*