अजोड इन्स्योरेन्सद्धारा शेयर रजिष्ट्रार नियुक्त
२० असार २०७९, सोमबार १०:४८
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको असार १९ गते बसेको संचालक समितिको बैठकले कम्पनीको शेयर सम्बन्धि कारोबार गर्न कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।
जसअनुसार अजोड इन्स्योरेन्सको शेयर दाखिला, शेयर रोक्का लगायतका शेयर सम्बन्धि सम्पूर्ण कार्यहरु अब कुमारी क्यापिटलमार्फत हुनेछ ।