नेपाल लाइफ इन्स्योरेन्स सहित दुई कम्पनीलाई संस्थागत लगानीकर्ताको अनुमति

१९ असार २०७९, आईतवार १९:३०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप तीन सूची सार्वजनिक गरेको छ ।जसमा दुई बीमा कम्पनी र एक म्युचुअल फण्ड रहेको छ।

बोर्डले असार १७ गते थप ३ वटा नयाँ कम्पनी थपेर योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको हो । बोर्डले नेपाल लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र एनएमवि सरल बचत फण्डलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएको हो ।

योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने योग्य संस्थाको संख्या १०९ वटा पुगेको छ ।यी संस्थागत लगानीकर्ताहरुले बुक विल्डिङ मार्फत सार्वजनिक निष्कासनमा आउँने शेयरको आशय मूल्य तोक्न सहयोग गर्नेछन् । अहिलेको शेयर लिलामी प्रक्रियाकै स्वरुपमा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन हुनेछ ।

यो विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरुबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ । आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ ।

स्वीकृति प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरुले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययन पश्चात सुसूचित तवरले मूल्य पेश गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ ।

मूल्य सीमा निर्धारण पश्चात संस्थागत लगानीकर्ताका लागि ४० प्रतिशत र सर्वसाधारणका लागि ६० प्रतिशत शेयर निष्कासन हुनेछ । संस्थागत लगानीकर्ताहरुले भने सूचीकृत भएको मितिले ६ महिनासम्म शेयर कारोबार गर्न सक्ने छैनन् ।

637924574330835031

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*