हिमालायन बैंकसँग मर्जर सम्झौता गरेको सिभिल बैंकले गर्यो सिटिजन्स बैंकसँग छलफल, १ः१ को अनुपातमा मर्जरको तयारी

१९ असार २०७९, आईतवार ०३:५४

काठमाडौं । राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई असार मसान्तसम्म मात्रै सुविधा प्रदान गर्ने भएसँगै चार बैंकहरुले पार्टनर खोजिसकेको छन् भने बाँकिले छलफललाई तिव्रता दिईरहेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका थिए। गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रिक नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभावले गरेको अध्ययन प्रतिवेदनले नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनाउनुपर्ने निष्कर्ष निकालेको थियो। राष्ट्र बैंकको चेतावनीसँगै अधिकांश बैंकले मर्जरका लागि पार्टनर खोजिरहेका हुन् ।

हालसम्म चारवटा बैंकले प्रस्ताव गरिसकेका छन्। पछिल्लो समय सिभिलसँग हिमालयन बैंकको मर्जरको प्रस्ताव अघि बढाइरहेको छ। यसैक्रममा सिटिजन्स बैंकले पनि सिभिलसँगै मर्जरका लागि प्रस्ताव गरेको छ। यस विषयमा कुराकानी अघि बढिरहेको एक संचालकले बताएका छन् ।

सिटिजन्स बैंकको मर्जरका लागि सिभिलसँग छलफल भईरहेको छ । ‘अहिले नै यो बैंकसँग मर्जरमा जाँदै छौँ भन्दा त्यसलाई भाँड्न लाग्ने हुन्छन्,’ सिटिजन्स बैंक स्रोतले भन्यो, ‘फेरि हामीले छलफल गरेका बैंकले पनि हामीलाई देखाएर अरु बैंकसँग बार्गेनिङ गर्ने अवस्था हुन्छ।’

सिभिल र सिटिजन्स बैंक १ः१ को अनुपातमा मर्जरको तयारी भईरहेको स्रोतले जनाएको छ। आउँदो साता नै दुई बैंकबीच सहमती भएमा मर्जरमा जाने बिषयमा छिनोफानो हुनेछ ।

हिमालयन र सिभिलबीच डिडिए मूल्यांकनपछि मात्रै स्वाप रेसियोको टुंगो लगाउने सहमति भएको छ। यही बिचमा सिटिजन्सको प्रस्तावमा पनि छलफल चलेको हो। यता सिभिल बैंकले हिमालयन बैंकसँग १००ः९० को अनुपातभन्दा तल मर्जरमा जाने नसक्ने बताइरहेको छ।

आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई प्रोत्साहन गर्दै छुट तथा विभिन्न सुविधाको घोषणा गरेको थियो।
यस्तो सुविधा चालु आर्थिक वर्षको अन्त्यसम्म मात्रै लागु हुने राष्ट्र बैंकले जनाइसकेको छ। राष्ट्र बैंकले दिएको सुविधा लिनकै लागि बैंकहरूले असार मसान्तभित्रै मर्जरका लागि प्रारम्भिक सम्झौता गर्दै राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ।

राष्ट्र बैंकले मर्जरमा नजाने बैंकमाथि थप कडाइसमेत गर्ने भएको छ। । सिटिजन्स र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २३ अर्ब चुक्ता पुँजी पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*