चट्याङ लागेर घटनास्थलमै मृत्यु भएका परिवारको महालक्ष्मी लाइफद्धारा बीमा दाबी भुक्तानी

१९ असार २०७९, आईतवार १४:५५

काठमाडौं ।  महालक्ष्मी लाइफ इन्रेन्स कम्पनीले एक कार्यक्रमका विच मृुत्यु दावी भुक्तानी गरेको छ । कम्पनिको गुल्मी कार्यालयले मृत्यु दाबी भुक्तानी गरेको हो ।

मिति २०७८ साल माघ २८ गते गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नम्बर ५ निवासी तारा नेपालीले महालक्ष्मी लाइफमा प्रथम बीमा शुल्क १८ हजार २२३ रूपैया बुझाइ रू २ लाख ५० हजार बीमाङ्कको १५वर्षे महालक्ष्मी सावधिक जीवन बीमा गरेकी थिइन् ।

विमितको गत महिना घर नजिकैको बारिमा मकै खन्ने क्रममा चट्याङ लागि घटनास्थलमै मृत्यु भएको थियो । त्यसबापत महालक्ष्मी लाइफ इन्स्योरेन्स गुल्मी कार्यालयले २०७९ असार १८ गते निजको घरमा गई इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरको प्रमुख आतिथ्यता तथा सोही वडाका वडा अध्यक्ष झविन्द्र अर्यालको विशेष आतिथ्यतामा एक कार्यक्रम गरी मृतकको छोरा सुजन सार्कीलाई मृ,त्युदावी रकम भुक्तानी गरेको हो ।

सो बापत् ५ लाख १२ हजार ५०० रूपैँयाको चेक हस्तान्तरण गरेको कम्पनीको गुल्मी कार्यलय प्रमुख विष्णु महतले जानकारी दिनुभयो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*