जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क ३४ अर्ब नजिक, नयाँमा सिटिजन, रिलायबल र यूनियन अगाडि

१९ असार २०७९, आईतवार १४:२७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३३ अर्ब ८५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिको मासिक तथ्याङ्क अनुसािर हाल संचालानमा रहेका जीवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।नयाँमा सिटिजन, रिलायबल सन नेपाल र यूनियन अगाडि रहेको तथ्याङ्कमा देखिएको छ ।

बीमा कम्पनीहरुको तथ्याङ्क हेर्दा शिर्ष तीन स्थानमा सिटिजन लाइफ अगाडि रहेको छ। कम्पीले यस अवधिसम्ममा २ अर्ब ६४ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ र युनियन लाइफ पनि अग्रस्थानमा नै रहेको तथ्याङ्कले देखाएको छ। सदाबहार नेपालकै सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी नेपाल लाइफले यस अवधिसम्ममा ५ अर्ब ७१ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

दोस्रोमा नेशनल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने एलआईसी नेपालले २ अर्ब ३५ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार सन नेपाल लाइफले २ अर्ब १९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ७ करोड रुपैयाँ, युनियन लाइफले १ अर्ब ९३ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ७६ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब ६२ करोड रपैयाँ, ज्योति लाइफले १ अर्ब ५५ करोड रुपैयाँ र मेट लाइफले १ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, आइएमई लाइफले १ अर्ब १३ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ११ करोड रुपैयाँ, प्राईम लाइफले १ अर्ब ९ करोड रुपैयाँ, प्रभु लाइफले ९१ करोड रुपैयाँ, सानिमा लाइफले ८९ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ८३ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ६३ करोड रुपैयाँ र गुराँस लाइफले ५७ करोड रुपैयाँ प्रथम बीमशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*