जन्मदिनमा पेम्बाले दिए श्रीमतिलाई रिलायबल नेपाल लाइफको बीमा उपहार

१९ असार २०७९, आईतवार १४:११

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव तथा अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । बर्थडे, विवाह उत्सव, विवाह र पास्नी जस्ता अवसरहरुमा आफ्ना इष्टमित्र, आफन्त तथा साथीभाइलाई ‘जीवन बीमा पोलिसी’ उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।

यसैबीच पेम्बा तामाङले आफ्नी श्रीमति असली तामाङको जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको जीवन बीमा पोलिसी उपहार दिएका छन् । पेम्बाले भविष्मा हुन सक्ने जोखिम बहन हुने भएकाले श्रीमतिलाई रिलायबल लाइफको २० लाख रुपैयाँको ‘रिलायबल समुन्नती जीवन बीमा योजना’ खरिद गरिदिएका हुन् ।

कम्पनीका अभिकर्ता सलाम सिं तामाङको मध्यस्थतामा पेम्बाले आफ्नी श्रीमतिलाई उक्त बीमा पोलिसी उपहार दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*